२५ वर्षीया महिलाले एकै पटकमा जन्माइन् ९ वटा बच्चा

माली । मालीकी एक २५ वर्षीया महिलाले एकै पटक नौ सन्तानलाई जन्म दिएकी छन् ।

पहिला चिकित्सकहरूले उनको गर्भमा सातवटा भ्रुण भएको बताएका थिए । तर हालिमा सिसेले मोरोक्कोमा अझ दुईवटा बढी बच्चा जन्माइन् । उनको गर्भबाट अहिले पाँच छोरी र चार छोरा जन्मिएका हुन् ।

मालीको सरकारले उनको अवस्थाका कारण विशेष स्वास्थ्यसेवा आवश्यक पर्ने कारण मोरोक्को पठाएको थियो । सन् २००८ मा अमेरिकामा आठवटा बच्चा जन्माएकी एक महिलाको नाममा एकैपटक सबैभन्दा धेरै जीवित सन्तान जन्माउने विश्व कीर्तिमान कायम छ ।

यसअघि दुई महिलाले नौवटा बच्चा जन्माएको इतिहास छ । तर सन् १९७१ मा अस्ट्रेलिया र सन् १९९९ मा मलेशियामा ती कुनै पनि बालबच्चा केही दिनभन्दा बढी बाँचेनन् । विश्व कीर्तिमान राखेकी नाड्या सुलेमनका आठै बालबच्चा अहिले १२ वर्षका भए । ती कृत्रिम गर्भाधानबाट जन्मिएका थिए ।

मालीका स्वास्थ्यमन्त्री फान्ता सिबीले माली र मोरोक्कोका स्वास्थ्यकर्मीलाई बधाई दिएकी छिन् । मालीमा सिसेको गर्भमा सातवटा बच्चा छन् भन्ने अनुमान हुँदा पनि चर्चाको विषय बनेको थियो ।

पश्चिम अफ्रिकी राष्ट्रका चिकित्सकहरूले आमा र बालबच्चा बचाउन गाह्रो हुने बताएपछि सरकारले उनलाई मोरोक्को पु¥याएको थियो । दुई साता मालीको राजधानी बामाकोस्थित अस्पतालमा बसेपछि उनलाई मार्च २० मा मोरोक्को लगिएको डा. सिवीले बताइन् ।

मोरोक्कोमा पाँच साता अस्पताल बसेपछि मङ्गलवार शल्यक्रिया गरेको बच्चाहरू जन्माइएको थियो । उनको पति एड्जुदान्त कादेर आर्बी आफ्नो जेठी छोरीसँग अझै मालीमै छन् र उनले आफू पत्नीसँग सम्पर्कमै रहेको एवं परिवारको भविष्यका बारेमा चिन्तित नभएको बताएका छन् । बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *