What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

एक हजार ६६७ सङ्क्रमित, २५१ सङ्क्रमणमुक्त, ११ को मृत्यु
What To Know
- काठमाडौं। नेपालमा कोरोनाभाइरसका एक हजार ६६७ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६६७ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।.
- हाल ९२ जना क्वारेन्टिनमा छन् ।.
काठमाडौं। नेपालमा कोरोनाभाइरसका एक हजार ६६७ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६६७ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । हाल आठ हजार ६५९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६९३ जनाको एन्टीजेन परीक्षण गरेकोमा ६९ जनामा पोजिटिभ पाइएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७५ हजार ८०६ जना सङ्क्रमणमुक्त भएका हुन् । सङ्क्रमित निको हुने दर ९५.९ प्रतिशत पुगेको हो ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । २४ घण्टाभित्र ११ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणले तीन हजार १०२ जनाले ज्यान गुमाएका छन् ।
हाल ९२ जना क्वारेन्टिनमा छन् ।