बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

वाग्मती गोल्डकप राष्ट्रिय फुटबल शुक्रबारदेखि
वाग्मती । मकवानपुरमा चौथो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता –२०७७ शुक्रबारदेखि हुँदै छ । मकवानपुर, वाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, वाग्मती खेलकूद विकास समिति र नवजनजागृति युवा क्लब सिमरा बीच हुने छ ।
गोल्डकपमा थ्रीस्टार क्लब, मकवानपुर–११, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, वाग्मती युवा क्लब सर्लाही, बिर्तामोड युनाइटेड र अफ्रिकन रुट् एशोसिएशन क्यामरुन गरी आठ टोली सहभागी हुने आयोजकले जनाएको छ । खेलको विजेताले रु आठ लाख र उपविजेताले रु चार लाख प्राप्त गर्ने बताइएको छ ।