बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

फेरि ह्वात्तै बढ्याे नेपालमा काेराेना संक्रमण, पछिल्लाे २४ घण्टाकाे अपडेट
काठमाडौं । नेपालमा कोरोनाभाइरसका १२० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ८९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या दुई लाख ७६ हजार ५०९ पुगेको छ । पछिल्लो केही दिन यता सङ्क्रमित हुनेको संख्या बढेसँगै आइसोलेशनमा बस्नेको संख्यासमेत वृद्धि हुँदै गएको छ । बुधबारसम्म एक हजार १८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकोमा चौबीस घण्टामा थपिएकासँगै सक्रिय सङ्क्रमित एक हजार २१७ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ८५ जना सङ्क्रमित निको भएका छन् । निको भएका कूल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार २७२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट मृत्युको पुष्टि भएको छैन । हाल ५५ जना क्वारेन्टिनमा छन् ।