बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

पाल्पाको रैनादेवि छहरा गाउँपालिकाद्धारा दुई छोरी दम्पत्ती सम्मान
सुनिल कार्की, पाल्पा ।
पाल्पाको रैनादेवि छहरा गाउँपालिकाले दुई छोरी दम्पत्ती सम्मान कार्यक्रम गरेको छ । गाउँपालिका भित्रका दुई छोरी पछि स्थायि बन्ध्याकरण गरेका दम्पत्तीलाई सम्मान गरिएको हो । १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि ९ जना दम्पत्तीलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष चेत कुमारी थापाले जानकारी दिनुभयो पछिल्लो समय बढ्दो लैंगिक विभेदलाई अन्तय गरि विभेद रहित समाजको निर्माणको लागि दुई छोरी दम्पत्ती सम्मान कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष थापाले बताउनुभयो । समाजमा छोरा र छोरीको बराबर महत्व रहेको भन्दै छोरा बराबर नै छोरीले समेत काम गर्न सक्छन भन्ने सन्देशलाई प्रोत्साहान गर्न दम्पत्ती सम्मान गरिएको उपाध्यक्ष थापाले बताउनुभयो । दुई छोरी दम्पत्ती सम्मान कार्यक्रमबाट ९ जना दम्पतिलाई सम्मान गरिएको छ ।
दम्पत्ती सम्मान कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राम बहादुरले दुई छोरी दम्पत्ती सम्मान कार्यक्रमले समाजमा सकारात्म सन्देश दिईएको बताउनुभयो । गाउँपालिका अध्यक्ष कार्कीले छोराको आशामा धेरै सन्तान जन्माउने प्रवृत्ति नरोकिएकाले यसलाई रोक्न आर्यक्रम गरिएको बताउनुभयो ।
दम्पत्ती सम्मान कार्यक्रम गाउँपालिका उपाध्यक्ष चेतकुमारी थापाको अध्यक्षता,गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीको प्रमुख आथिथ्यतामा भएको थियो । कार्यक्रममा गाउँपालिकाका सल्लाहाकार राम बहादुर कार्की,प्रमुख प्रशासकिय अधिकृत इन्द्र खत्री,प्रवक्त विष्णु प्रसाद पोखरेल लगायतको सहभागीता रहेको थियो ।