What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सूचना टाँसेर संसद बैठक स्थगित
काठमाडाैँ । प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधवार १ बजेसम्मका लागि स्थगित गरिएको छ।
आजबाट शुरु भएको प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित भएकोमा पछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको जनाएकाे हाे।
यसअघि प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेससहित जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो।
पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रचण्ड-माधवकुमार नेपाल समूहका सांसदहरूले बहिष्कार गरेका थिए।
अर्को बैठक फागुन २६ गते बुधबार दिनको १.०० बजे बस्ने भएको छ ।






