हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध
काठमाडाैँ । सरकारले विभिन्न मितिमा जारी गरेका अध्यादेश सदनमा पेश गर्ने कि नगर्ने भन्ने विषय विवादमा भएपछि प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सदनको आजको बैठकको कार्यसूचीमा रहेको अध्यादेश प्रस्तुत गर्ने विषय अघि बढाउनासाथ दाहाल–नेपाल समूहले उठेर विरोध जनाएपछि सभामुखले नेता भीम रावललाई बोल्न समय प्रदान गर्नुभयो ।
नेता रावलले सदन प्रारम्भ भएको पहिलो बैठकमा सांसद र पूर्वसांसदले गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा पु¥याएको योगदानको सम्मान गर्दै सदनले शोक प्रस्ताव पारित गरी बैठक अन्त्य गर्नुपर्नेमा अध्यादेशलगायत अन्य कार्यसूची राखिएको प्रति असहमति जनाउँदै फिर्ता नलिए सदन बहिष्कार गर्ने घोषणा गर्दै उक्त समूहका नेताहरू बैठकबाट बाहिरिनुभयो । नेता रावल बैठकमा बोलिरहँदा नेकपाकै अर्का सांसद खगराज अधिकारीले नियमापत्ति प्रकट गर्दै सदन चलेको पहिलो दिन नै अध्यादेश पेश गर्ने परम्परालाई ध्यान दिन सभामुखको ध्यानाकर्षण गराउनुभयो । दाहाल–नेपाल समूहका सांसद बाहिरिएसँगै प्रमुख प्रतिपक्ष दलका सचेतक पुष्पा भुसालले सर्वाेच्च अदालतको संसद् पुनःस्थापना गर्ने निर्णयको आफ्नो पार्टीले स्वागत गरेको जानकारी दिँदै संसद्भित्र देखिएका समस्या र चुनौतीलाई यहीबाट टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “पहिलो दिनमै बैठक छोडेर जानुपर्ने अवस्था कसरी आयो, संवैधानिक परिषद् भनेको सरकार हो, सरकारले प्रस्तुत गरेको अध्यादेश स्वीकार गर्न सकिन्न ।”
प्रमुख सचेतक बालकृष्ण खाँडले अध्यादेशलाई स्वीकार गर्न नसकिने भएकाले अविलम्ब फिर्ता गर्न माग गर्नुभयो । प्रमुख सचेतक खाँडले भन्नुभयो, “अध्यादेश स्वीकार गर्नै सकिन्न । यो सदनमा प्रवेश गर्न सक्दैन, अविलम्व फिर्ता लिइयोस्, यदी यो फिर्ता लिइएन भने सदन अघि बढाउन सहयोग हुँदैन।”
सचेतक खाँडले उक्त भनाइ राखेपछि प्रतिपक्षका सांसदले नाराबाजी गर्दै रोष्टम घेराउ गर्नुभयो । प्रतिपक्षले नारावाजी र रोष्टम घेराउ गरिरहँदा सभामुख सापकोटाले प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठलाई संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश), २०७७ बैठक समक्ष पेश गर्न अनुमति दिनुभयो । त्यसको लगत्तै प्रमुख प्रतिपक्ष दलले सदन बहिष्कार गर्दै बाहिर निस्केपछि सभामुख सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरिएको घोषणा गर्नुभयो ।