शनिबार र आइतबार काठमाडौंका यी ठाउँमा विद्युत् बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बानेश्वर वितरण केन्द्रले शनिबार र आइतबार काठमाडौंका विभिन्न स्थानमा डेढ घण्टादेखि तीन घण्टासम्म विद्युत् बन्द गर्ने भएको छ।

सार्वजनिक सूचनाअनुसार साँखु, गोठाटार र कोटेश्वर फिडरअन्तर्गत शनिबार तथा कपन फिडरअन्तर्गत आइतबार विद्युत बन्द गरिने भएको हो।

जसअनुसार साँखु फिडरअन्तर्गतका क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि दिउँसो २स्३० बजेसम्म विद्युत काटिनेछ भने गोठाटार फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १२स्३० बजेसम्म र कोटेश्वर फिडरअन्तर्गतका क्षेत्रमा दिउँसो १स्३० बजेदेखि अपह्न ४स्३० सम्म विद्युत काटिनेछ।

यस्तै कपन फिडरअन्तर्गतका क्षेत्रमा आइतबार बिहान ११ बजेदेखि दिउँसो १स्३० बजेसम्म विद्युत बन्द गरिनेछ।
बाानेश्वर वितरण केन्द्रका अनुसार सडक विस्तार भइरहेकाले केही घण्टा विद्युत आपूर्ति बन्द गर्नुपर्ने भएको हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *