बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नम्बरी सुनको भाउ बढ्यो, तोलाको कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९० हजारमा कारोबार भइरहेको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार तेजाबी सुनको मूल्यमा पनि प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । आज तेजाबी सुन प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि २० रूपैयाँले वृद्धि भइ प्रतितोला १ हजार ३ सय १० रुपैयामा किनबेच भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको मूल्य १ हजार २ सय ९० रुपैयाँ कायम रहेको थियो ।