हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
ओलीले संघीय व्यवस्था नै विघटन गर्न खोजेको प्रचण्डको आरोप
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको आरोप लगाउनुभएको छ ।
शुक्रबार काठमाडौंमा नेकपा प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधि सभा मात्र नभई ओलीले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको आरोप लगाउनुभएको हो ।
उहाले संविधान र जनताविरोधी कदमलाई जनसागरले पराजित गर्ने बताउनुभयो । अहिले ६२-६३ को जनआन्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेशाकर्मी, मिडिया र वुद्धिजीवि वर्गले प्रतिनिधि सभा बिघटन गर्ने ओलीको असंवैधानिक कदमको विरोध गरेको तर्क गर्नुभयो ।
अध्यक्ष प्रचण्डले ओलीको षड्यन्त्रकारी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुने बताउँदै जनताको सेटिङलाई कसैले सिध्याउन नसक्ने धारणा पनि राख्नुभयो । उहाले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई नागरिक भावना र मतको सम्मान गर्न आग्रह गर्नुभयो ।
वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार्दै प्रचण्डले प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको जिकिर गर्नुभयो । त्यस्तै उहाले ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको उल्लेख गर्नुभयो ।
विरोध सभामा नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले ओलीले असंवैधानिक तबरले कदम चालेकाले उनीहरुसँग मिलेर जाने अवस्था नरहेको बताउनुभयो । अध्यक्ष नेपालले ओलीलाई पार्टी सदस्यबाट निस्कासन गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो । अध्यक्ष नेपालले ओलीले ५० वर्षसम्म दुःख मात्रै दिएको भन्दै साईबर सेना र अरिङ्गालमात्रै मन पर्ने जिकिर गर्नुभयो ।
त्यस्तै सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता झलनाथ खनालले संविधान जोगाउन प्रतिनिधि सभा पुनःस्थापना बाहेकको बाटो नभएको बताउनुभयो ।
त्यस्तै प्रचण्ड-नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब साईबर स्यालहरु मात्र बाँकी रहेको टिप्पणी गर्नुभयो ।