बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सुनको भाउ घट्यो, तोलाको कति ?
काठमाडौँ । स्थानीय बजारमा सुनको भाउ घटेको छ । नेपाल सुन चाँदि व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ हजार रुपैयाँले सुनको मूल्यमा गिरावट आएको छ ।
महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ५०० मा कारोवार भएको छापावाला सुन आज प्रतितोला ९१ हजार ५०० मा कारोवार भइरहेको छ । यस्तै मङ्गलबार प्रतितोला ९२ हजारमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला एक हजारले ओरालो लागेर ९१ हजारमा कारोवार भएको छ ।
चाँदीको मूल्यमा पनि कोरोना भाइरसविरुद्धको खोपले सफलता प्राप्त गरेको समाचारले प्रभाव पार्दै गएको छ । चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । मङ्गलबार प्रतितोला एक हजार १८० रुपैयाँमा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोवार भएको छ ।
केही समय पहिले सुुनको भाउ प्रतितोला एक लाख दुई हजार रुपैयाँसम्म पुगेको थियो ।
कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागि रहेको छ । त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ । ००००