तिहार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने राष्ट्रपतिकाे विश्वास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु-याउने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालीको महान् चाड तिहार, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि आज शुभकामना दिँदै सन्देशमा भन्नु भएको छ यस वर्षका सबैजसो चाडपर्वहरू नोबल कोरोनाभाइरस ९कोभिड(१९०को महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको बृहत सुरक्षालाई मध्यनजर गर्दै मनाउनुपरेको छ । यस महामारीको खोपहालसम्म विकास भैनसकेकाले पूर्व सावधानीकालागि समय(समयमा हात धुन, मास्क सही तरिकाले प्रयोग गर्न तथा व्यक्तिहरू बीच भौतिक दूरी कायम गर्न भुल्नु हुँदैन । चाड पर्वको समयमा पारिवारिक तथा सामाजिक अन्तरक्रियाहरू अझ बढ्ने हुँदा पूर्व सावधानी पालना गर्नु झनै जरुरी हुन आएको छ ।

सन्देशमा अगाडि भनिएको छ, काग तिहारको दिनबाट सुरू भएर क्रमशस् कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, ‍गोरु तिहार एवं गोवर्द्धन पूजा र भाइटीकासम्म पाँच दिन मनाइने भएकाले तिहारलाई यमपञ्चभक पनि भनिन्छ । तिहारमा मानव जीवनसँग अभिन्न रूपमा जोडिएका पशुपंक्षी,धन–ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मी¸अजस्र प्राकृतिक स्रोतको प्रतीक गोवर्द्धन पर्वत र भाइको पूजा गरिनुका साथै देउसी भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ । तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸ मानव जीवन र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बनाउँदछ । यसरी नै देउसी भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिलेबृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्‍याउँदछ ।

पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्व बोकेको तिहार प्रकाशको पर्व पनि हो भन्दै सन्देशमा उज्यालोलाई आफैमा प्रेरणाको विम्ब मानिन्छ । तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने् कामना गर्दछु भनिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीहरू बीच आपसी सद्‌भाव,सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याहउनेविश्वोस व्यक्त गर्नु भएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४१’ प्रारम्भ भएको पुनीत अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायुतथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएकाे छ ।

सन्देशमा राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ, जसलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा विशेष रूपमा मनाउने गरिन्छ भनिएकाे छ ।

लिच्छवीकालीन राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्‌लाई प्रचलनमा ल्याएको मानिन्छ । आजको दिनले राष्ट्रिय विभूति साख्वाको उक्त परोपकारी कार्यको स्मरण गर्दै समाजको उन्नति र प्रगतिका लागि निस्वार्थ भावले अग्रसर रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास राष्टपतिले व्यक्त गर्नु भएकाे छ । सन्देशमा अगाडि भनिएकाे छ, नेपाली समाज सभ्य र सहिष्णु समाज हो‚ हाम्रा चाडपर्व र यस खालकाअसल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन् । नेपाल संवत्‌लेसम्पूर्ण नेपालीका बीचमा आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावनाअभिवृद्धिगरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वासका साथ पुन: नेपाल संवत् ११४१ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

भण्डारीले विश्वव्यापीरूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को बढ्दो संक्रमणका कारण यसबाट जोगिन पूर्व सावधानीका उपायहरूको अधिकतम पालना गर्दै नेपाल संवत्‌को नयाँ वर्ष मनाउनका लागि सबैमा आह्वान पनि गर्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *