काँग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

काठमाडाैँ । नेपाली काँग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न शोक प्रस्ताव पारित गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सांसद एवं प्रतिष्ठित उद्योगपति केसीको यही कात्तिक १७ गते राति पोखरा महानगरपालिका–७ स्थित आफ्नै निवासमा निधन भएको होे ।

बैठकले कार्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, कात्तिक १९ गते केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ ।

बैठकमा स्व केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्नका लागि एक मिनेट मौनधारण गरिएको थियो । बैठकले उहाँको आत्माको चीर शान्तिको कामनाका गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व केसीले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएको थियो । पिता कीर्तिबहादुर र माता पदमकुमारीको ज्येष्ठ सुपुत्रको रुपमा २०१४ जेठ १० गते जन्मनु भएका केसी २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत काँग्रेसका तर्फबाट प्रनिनिधिसभा सदस्य हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *