What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

बालुवाटार गएर राजपाले राख्याे प्रधानमन्त्री समक्ष यस्ताे माग
What To Know
- काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ । राजपा अध्यक्ष मण्डलका सदस्यले आज बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी संविधान संशोधन, आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्तालगायतका विषयमा ध्यानाकर्षण गराएको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो ।.
- सरकार निर्माण गर्ने क्रममा प्रधानमन्त्री ओलीसँग भएको ३ बुदे सहमति कार्यान्वयन नभएको भन्दै राजपा रुष्ट बन्दै आएका छन् । राजपाले गत साउन ३ गते बुझाएको ७ बुँदे माग पनि पूरा गर्न पनि सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।.
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ । राजपा अध्यक्ष मण्डलका सदस्यले आज बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी संविधान संशोधन, आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्तालगायतका विषयमा ध्यानाकर्षण गराएको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजपाले राखेका माग सकारात्मक भए पनि कतिपय राजनीतिक विषयलाई राजनीतिकरुपमा समाधान गर्नुपर्ने बताउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्रीसँग भेटका लागि राजपाले गत बिहीबार समय मागेको थियो । तर प्रधानमन्त्रीसँग समय अभाव भएको बताएपछि उनीहरुले आइतबार प्रधानमन्त्रीसँग भेट गर्न पुगेका हुन् ।
सरकार निर्माण गर्ने क्रममा प्रधानमन्त्री ओलीसँग भएको ३ बुदे सहमति कार्यान्वयन नभएको भन्दै राजपा रुष्ट बन्दै आएका छन् । राजपाले गत साउन ३ गते बुझाएको ७ बुँदे माग पनि पूरा गर्न पनि सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।
टीकापुर घटनाका आरोपी रेशम चौधरीको रिहाइको विषयलाई राजपाले मुख्य एजेण्डा बनाएको छ । राजपाले सविधान संशोधन, रेशम चौधरीको रिहाइ, थुनामा रहेका आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्ता लगायतका माग राजपाको रहेको छ ।