नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा हिजो मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले हिजो नै तीनै जनालाई मन्त्री नियुक्त गर्नुभएको थियो ।

पुनर्गठित मन्त्रिपरिषदमा केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर समेत भएको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *