हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कोरोना भाइरस माेवाइलकाे स्क्रिनमा २८ दिनसम्म बाँच्न सक्छ, सावधान !
एजेन्सी । हालै अष्ट्रेलियमा एक अध्ययनमा वैज्ञानिकहरूले कोरोना भाइरस मानिसको शरीर बाहिर नोट, फोनको स्क्रिन र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने तथ्य फेला पारेका छन् ।
अष्टे्लियाकाे नेशनल साइन्स एजेन्सीले गरेको एक अध्ययन प्रतिवेदनमा सार्क कोभ २ हामीले सोचेभन्दा बढी समय बाँच्ने तथ्य बाहिर ल्याएकाे बीबीसीले जनाएकाे छ ।
सो अध्ययन अँध्यारोमा गरिएको हो र सूर्यबाट आउने परावैजनिक किरण (अल्ट्र भ्वालेट) ले भने कोराना भाइरसलाई मार्न सक्कने तथ्य यस अघि नै बाहिर ल्याइएकाे थियो ।
केही वैज्ञानिकले भने यस्तो सतहमा रहेका भाइरसबाट मानिसको वास्तविक जीवनमा पर्न सक्ने जोखिमप्रति भने शंका व्यक्त गरेका छन् ।
कोरोना भाइरस धेरै जसो मानिसले खोक्दा, हाच्छिउँ गर्दा र कुरा गर्दा सर्ने गर्छ ।
विगतमा प्रयोगशालाहरुमा गरिएको अध्ययनले बैंक नोटमा दुईतीन दिनसम्म, स्टिल र प्लास्टिकमा छ दिनसम्म कोरोना भाइरस जिवित रहन सक्ने पाइएको थियो तर त्यो परीक्षणमा एकरुपाता भने थिएन ।