बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

लियो क्लब दक्षिणकालीकाे अध्यक्षमा विशुन्के
काठमाडौं । लियो जिल्ला परिषद ३२५ ए २ को काठमाडौं क्षेत्रमा नयाँ लियो क्लबको स्थापना भएको छ । प्रकाश विशुन्केको अध्यक्षतामा ‘लियो क्लव अफ काठमाडौं पद्मसम्भव दक्षिणकाली’ स्थापना भएको हो ।
क्लबको उपाध्यक्षमा सुजना केसी, सचिवमा सबिन श्रेष्ठ रहेका छन् भने सहसचिवमा मिरान कर्माचार्य, कोषाध्यक्षमा दिलिप केसी, सहकोषाध्यक्षमा सन्ध्या भुजेल चयन भएको क्लबका सल्लाहकार लायन प्रमोद पौडेलले बताउनुभयो ।
हाल २७ जना युवा सदस्य भएको यस क्लबले ‘लक्ष्य प्राप्तिका लागि सँगसँगै’ भन्ने मूल नाराका साथ शिक्षा, स्वास्थ्य लगायत युवाको नेतृत्व विकासका क्षेत्रमा काम गर्नेछ ।
कार्यक्रम लायन्स क्लब अफ लायन्स क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकाली’ का अध्यक्ष सुन्दर आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्लब अध्यक्ष विशुन्के टेलिभिजनकर्मी समेत हुन् ।