थप १५ सय १३ जनामा काेराेना पुष्टि, ६० प्रतिशत सङ्क्रमित उपत्यकामा

काठमाडाैँ । नेपालमा मंगलबार थप १५ सय १३ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५५६ महिला र ९५७ पुरुष गरि थप १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको हो । मंगलबार काठमाडौं उपत्यकामा थप ९३४ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३०७ महिला र ४४० पुरुष गरि ७४७ जना, भक्तपुरमा २८ महिला र ४५ पुरुष गरि ७३ जना र ललितपुरमा ४७ महिला र ६७ पुरुष गरि ११४ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । यो सङ्ख्या सोमबार देशभर थपिएको कुल सङ्क्रमित सङ्ख्याको ६०.४७ प्रतिशत हो । काठमाडौँमा मात्र देशभर सङ्क्रमण देखिएको सङ्क्रमित सङ्ख्याको ४८ प्रतिशत रहेको छ ।

त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ । त्यस्तै मंगलबार ७३१ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ । सरकारी तथ्याङ्क अनुसार हाल सक्रिया संक्रमितको संख्या २० हजार ३ सय ९६ जना रहेको छ ।

हाल क्वारेन्टाइनमा ५ हजार ७ सय ७८ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा १० हजार ७ सय ७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ९ हजार ६ सय ८९ जना रहेका छन् । त्यस्तै हालसम्म १० लाख ९ हजार २९८ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *