बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

भयावह बन्दै नेपालमा काेराेना संक्रमण, थपिए एकैदिन काठमाडाैँ २१६ संक्रमित
काठमाडाैँ । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५ सय १९ स्वाबको पीसीआर परीक्षणमा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ ।यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।
यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । समितमध्ये १८२ जना महिला र ४५२ जना पुरुष रहेको मन्त्रलायले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण नेपालमा थप ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सुनसरीमा एक बालिकासहित २ जना, पर्सामा ६१, ५८ र ४८ बर्षिय पुरुष, बारामा ५८ बर्षिय पुरुष, सिराहामा ६८ बर्षिय पुरुष, मकवानपुरमा ५६ बर्षिय पुरुष र भक्तपुरमा ७३ बर्षिय पुरुषको मृत्यु भएको हो । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
पछिल्लो चौबीस घण्टामा १३६ जना संक्रमित निको भई घर फर्केका छन् । हाल देशभर १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ८ हजार ७ सय ५ जना संस्थागत आइसोलेसनमा छन् भने ३ हजार ९ सय १६ जना होम आइसोलेसनमा छन् ।