काठमाडौँमा एकैदिन थपिए १ सय ६ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६ संक्रमित थपिएको बताउनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ सय ६ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले काठमाडौं उपत्यकामा जोखिम झनै चुनौतीपूर्ण बन्दै गएको भन्दै जनस्वास्थ्यका मापदण्ड पूरा गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

नेपालमा उपत्यकाका १ सय ६ सहित देशभर ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *