नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
भाेलि सार्वजनिक बिदा
काठमाडाैँ । प्रदेश नम्बर १ सरकारले बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । विश्व अादिवासी दिवसकाे अबसरमा प्रदेश एक सरकारले सार्वजनिक बिदा दिएकाे हाे । नेपाल राजपत्र खण्ड (१) बिराटनगर नेपाल, चैत्र २९ गते २०७४ साल पूर्व अतिरिक्ताङ्क अङ्क १ (अ) मा बिदाबारे सूचना प्रकाशित छ ।
संघीय सरकारले सार्वजनिक बिदाका कारण सरकारी कामकाज प्रभाबित भएकाे भन्दै बिदा कटाैती गरेकाे थियाे । तर प्रदेश सरकारले भने संघीय सरकारले ताेकेभन्दा अतिरिक्त थप सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
प्रदेश एक सरकारले भदाै १० गते अाइतबार जनैपूर्णिमा, रक्षाबन्धन, भदाै १८ गते राधाकृष्ण रथयात्राका दिन माेरङ जिल्लामा मात्र र कार्तिक २७ गते छठ पर्वका दिन प्रदेशभर सार्वजनिक बिदा दिएकाे छ ।