काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
काठमाडौँ । सरकारले कोरोना रोकथामका लागि लागू गरेको लकडाउनलाई जेठ पाँच गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले जेठ पाँच गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।
चैत ११ गतेदेखि लागू गरेको लकडाउन पछिल्लो पटक वैशाख २५ गते विहीवारसम्मलाई तोकेको थियो । अब विहीवारदेखि लागू हुनेगरी लकडाउन जेठ ५ गतेसम्म १० दिन लम्बिएको छ ।