What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

काठमाडौं र वीरगञ्जमा तीन जनामा पुन: कोरोना संक्रमण
What To Know
- काठमाडौं । काठमाडौमा कोरोना संक्रमण निको भएका एक र वीरगञ्जमा दुई जनामा पुन.
- वैशाख २ गते पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । लण्डनबाट चैत ५ गते आई सो अपार्टमेन्टमा बसोबास गर्ने एकै परीवारका तीन जनामा कोभिड १९ को संक्रमण हुन सक्ने सम्भावना विचार गरी सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष, ८१ बर्षिया महिलामा संक्रमण देखिएको थियाे ।.
काठमाडौं । काठमाडौमा कोरोना संक्रमण निको भएका एक र वीरगञ्जमा दुई जनामा पुन: संक्रमण भएको पाइएको छ ।
काठमाडौंको गोठाटारस्थित सन सिटीमा बस्ने ५१ वर्षीया पुरुषमा कोरोना संक्रमण भई पाटन अस्पतालबाट डिस्चार्ज भई घर जानु भएकोमा एक हप्ता पछि परीक्षण गर्दा पुनः संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो । उहाँले वीरगञ्जमा पुन संक्रमण देखिएका दुई जनलाइ आइसोलेशनमा राखिएको बताउनुभयो ।
वैशाख २ गते पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । लण्डनबाट चैत ५ गते आई सो अपार्टमेन्टमा बसोबास गर्ने एकै परीवारका तीन जनामा कोभिड १९ को संक्रमण हुन सक्ने सम्भावना विचार गरी सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष, ८१ बर्षिया महिलामा संक्रमण देखिएको थियाे ।