What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपालगञ्जमा तीन दिन निषेधित क्षेत्र घोषणा
What To Know
- नेपालगञ्ज । कोरोना भाईरसको ईपि सेन्टरका रुपमा उदाएको नेपालञ्ज उपमहानगरपालिका क्षेत्रलाई स्थानीय प्रशासनले तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । सो अवधिमा कसैलाई अत्यावश्यक काम बाहेक घरबाट निस्कन नदिइने जनाईएको छ ।.
- यसका साथसाथै अझै पनि कोही विदेश वा भारतबाट आएका मानिसहरु कसैको घरमा वा जानकारीमा छन् भने त्यसको जानकारी गराउन निर्देशन दिदै नगराउनेलाई कडा कारवाही गरिने निर्णय पनि बैठकले गरेको छ । परीक्षणको क्रममा कसैलाई कोरोना पोजेटिभ देखिएमा आइसोलेसन अस्पतालमा भर्ना गरिने तथा नगेटिभ देखिएकाहरुलाई घरमै होम क्वारेन्टाइन गर्ने निर्णय पनि बैठकले गरेको छ ।.
नेपालगञ्ज । कोरोना भाईरसको ईपि सेन्टरका रुपमा उदाएको नेपालञ्ज उपमहानगरपालिका क्षेत्रलाई स्थानीय प्रशासनले तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । सो अवधिमा कसैलाई अत्यावश्यक काम बाहेक घरबाट निस्कन नदिइने जनाईएको छ ।
सोमबार नेपालगञ्जमा बसेको कोभिड १९ संकट ब्यवस्थापन सम्बन्धी सर्वदलीय सर्वपक्षीय बैठकले तीन दिनकालागि नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काको संयोजकत्वमा बसेको बैठकले बैशाख २३ गते बिहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातीसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण रुपमा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको जानकारी बैठकमा सहभागी प्रदेश साँसद आईपी खरेलले पनि गराउनु भएको छ ।
उहाँले बैठकले उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरेर अर्को सूचना जारी नभएसम्मका लागि रानी तलाउ सब्जी मण्डी लगायत सबै तरकारी मण्डी पनि बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।
यसका साथसाथै अझै पनि कोही विदेश वा भारतबाट आएका मानिसहरु कसैको घरमा वा जानकारीमा छन् भने त्यसको जानकारी गराउन निर्देशन दिदै नगराउनेलाई कडा कारवाही गरिने निर्णय पनि बैठकले गरेको छ । परीक्षणको क्रममा कसैलाई कोरोना पोजेटिभ देखिएमा आइसोलेसन अस्पतालमा भर्ना गरिने तथा नगेटिभ देखिएकाहरुलाई घरमै होम क्वारेन्टाइन गर्ने निर्णय पनि बैठकले गरेको छ ।