एकल निर्णयमा अडिएनन् प्रम ओली, अन्ततः दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विवादास्पद दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । चौतर्फी आलोचना र पार्टी भित्रै चर्को बिरोध भएपछि राजनीतिक दल फुटाउन सजिलो बनाउने अध्यादेश फिर्ता लिएको हो ।

शुक्रबार बिहान बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।

सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । दुबै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।
राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *