बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

उदयपुरमा थप आठ जनामा कोरोना संक्रमण [ अपडेट ]
काठमाडौं । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने थप आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ ।
आठ जनामा पहिलो पीसीआर परीक्षणमा पोजेटिभ देखिएकाले पुन पुष्टिका लागि स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड सूचना केन्द्रका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो । थप पुष्टिका लागि स्वाबलाई धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उहाँले बताउनुभयो ।
थप आशंकित त्यहाँका आठ घरका मुली भएको र उनीहरुका परिवारका अन्य सदस्यको स्वाब पनि नेपाली सेनाले हिजो संकलन गरी सकेको छ तर त्यसको नतिजा आउन बाँकी छ । हाम्रा उदयपुर समाचारदाता भक्तिबिलाश पोखरेलका अनुसार पहिलो चरणको परीक्षणमा कोरोना पुष्टि भए पछि आठै जनालाई उपचारका लागि एम्बुलेन्सबाट धरान लगिएको उदयपुर जिल्ला जनस्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभयो ।