कोरोनाभाइरस महामारी–मृत्यु हुने एक लाख नाघ्यो

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको शनिबार बिहानसम्मको तथ्यांकअनुसार हालसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख दुई हजार छ सय ६९ पुगेको हो ।

कोरोना भाइरसको कारण इटालीमा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । इटालीमा मृत्यु हुनेको संख्या १८ हजार आठ सय ४९ पुगेको छ । त्यस्तै अमेरिकामा पनि अहिलेसम्म १८ हजार छ सय ३७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको छ । स्पेनमा पनि १६ हजार ८१ को मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर यो भाइरसको कारण संक्रमित हुने मानिसको संख्या पनि १६ लाख ९६ हजार १३९ पुगेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् ।

हालसम्म अमेरिकामा संक्रमितको संख्या पाँच लाख ३ सय ९९ पुगेको छ । त्यस्तै स्पेनमा संक्रमितको संख्या एक लाख ५८ हजार २ सय ७३ पुगेको छ । इटालीमा पनि संक्रमितको संख्या एक लाख ४७ हजार ५ सय ७७ पुगेको छ ।

विश्वभर तीन लाख ७६ हजार २ सय संक्रमित उपचारपछि निको भइसकेका छन् । यसमध्ये सबैभन्दा धेरै चीनमा ७७ हजार ८ सय २ जना संक्रमित निको भएका छन् । त्यस्तै स्पेनमा ५५ हजार ६ सय ६८ तथा जर्मनीमा ५३ हजार ९ सय १३ संक्रमित निको भएर घर फर्केका छन् ।

कोरोनाको सङ्क्रमण फैलिने देशको संख्या २ सय १० पुगेको छ । यमनमा एक जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमण फैलिएको देशको संख्या २ सय १० पुगेको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा कोरोना संक्रमितको संख्या करिब सात हजार पुगेको जनाएको छ । विश्वविद्यालयले भने भारतमा सात हजार छसय जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको उल्लेख गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *