बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

लकडाउन कडा पार्ने मन्त्रिपरिषद्काे निर्णय, एक स्थानीय तहबाट अर्काेमा जान नपाइने,
काठमाडौं । सरकारले जारी लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्ने निर्णय गरेकाे हाे । अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा आवतजावतमा कडाइ गर्ने निर्णय गरिएकाे सरकारका प्रवक्ता डा.युवराग खतिवडाले बताउनुभयो ।
त्यस्तै नयाँ कोरोना संक्रमण देखिएका कैलाली कञ्चनपुर र बागलुङमा ¥यापिड टेस्ट मार्फत संक्रमण पत्तालगाउने र त्यसलाई पुनः परीक्षण गर्ने लगायतका निर्णय गरेको डा. खतिवडाले बताउनुभयो ।
त्यस्तै स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउने तथा त्यसमा बाध पु¥याउनेलाई कारवाही गर्ने लगायतका निर्णय भएको डा.खतिवडाले बताउनुभयो ।
कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।