बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

यी हुन् २०७७ सालमा सार्वजनिक बिदा हुने दिन, तिहार मंसिरमा (सूचीसहित)
काठमाडौं । सरकारले वि.सं.२०७७ सालमा हुनेम सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । साेमबार राजपत्रमा प्रकाशित सूचीअनुसार २०७७ सालमा जम्मा ६७ दिन नेपालभर सार्वजनिक बिदा हुने छ ।
२०७७ सालको वर्षभर ५२ वटा शनिबार परेका छन् । शनिबार देशभरका नेपालीहरुले पहिलेदेखि नै पाउँदै आएको साप्ताहिक विदा हो । वर्षभर पर्ने ५२ वटा शनिबार, दशैंको पाँच दिन, तिहारको तीन दिन र अन्य विदा सात दिन गरी जम्मा ६७ दिन नेपालभर सार्वजनिक विदा हुनेछ ।
सूची अनुसार २०७७ सालमा दशैंको टीका कात्तिक १० गते र भाइटीका मंसिर १ गते परेकाे छ । हिन्दु नेपालीहरुको महान पर्व वडा दशैंमा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन देशभर सार्वजनिक विदा हुनेछ । तिहारमा कात्तिक २९ गते लक्ष्मी पूजादेखि मंसिर १ गते भाइटीकासम्म तीन दिन सार्वजनिक विदा हुनेछ ।
यी हुन् सार्वजनिक विदा हुने दिन
शनिबार बाहेक बैशाख १ गते नयाँ वर्ष, बैशाख १९ गते मजदुर दिवस, असोज ३ गते संविधान दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, बैशाख २५ गते बुद्ध जयन्ती र फागुन २७ गते महाशिवरात्रिको दिन देशभर सार्वजनिक विदा हुनेछ । यस्तै, चैत १५ गते आइतबार फागूपूर्णिमाको दिन ५६ जिल्लामा र चैत १६ गते बाँकी २१ जिल्लामा पनि सार्वजनिक विदा हुनेछ ।
सरकारले सार्वजनिक बिदाका कारण सरकारी कामकाज प्रभाबित भएको भन्दै यसअघि बिदा कटौटती गरेको थियो । तर प्रदेश तथा स्थानीय सरकारले आफूखुसी सार्वजनिक बिदा दिँदै आएका छन् ।