What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

लकडाउनकाे अवधि थपियाे, बाहिर निस्कनेलाई ६ महिनासम्म कैद हुन सक्ने
What To Know
- यसअघि एक साताका लागि लकडाउन गरिएकाे थियाे । पहिले घाेषणा गरेकाे छैटाैँ दिन पुगेकाे छ याे सँगै थप ८ दिन घरमै बस्नु पर्ने भएकाे छ ।.
- भारत या तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बस्न नमान्ने र लकडाउनका बेला कामै नपरी सडकमा लखरलखर हिँड्नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ ।.
काठमाडाैँ । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय गरेकाे हाे ।
यसअघि एक साताका लागि लकडाउन गरिएकाे थियाे । पहिले घाेषणा गरेकाे छैटाैँ दिन पुगेकाे छ याे सँगै थप ८ दिन घरमै बस्नु पर्ने भएकाे छ ।
भारत या तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बस्न नमान्ने र लकडाउनका बेला कामै नपरी सडकमा लखरलखर हिँड्नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ ।
आइतबार बसेको कोभिड–१९ रोग संक्रमण तथा रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउन झन् कडा पार्ने निर्णय गरेको हो। बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् समिति सदस्य सचिव नारायणप्रसाद बिडारीले क्वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताउनुभयाे ।
के छ संक्रमण रोग ऐनमा ?
ऐनमा आदेश अपहेलना गर्ने व्यक्तिलाई एक सय रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्याउनेलाई ६ महिना कैद, ६ सय रूपैयाँ जरिवा या दुवै हुन सक्ने व्यवस्था छ। कुन कारबाही गर्ने भन्ने निर्धारण प्रमुख जिल्ला अधिकारीको तजबिजमा हुने व्यवस्था ऐनमा छ।