यसरी बनाउन सकिन्छ च्याउको स्वादिष्ट अचार, हाेम क्वारेन्टाइनमा स्वादकाे मजा लिनुस् (भिडियो)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले सबैतिर त्रास छाएको छ । अनियन्त्रित रुपमा फैलिरहेको भाइरस नियन्त्रणका लागि नेपाल सहित थुप्रै देशहरुले लकडाउन गरेर नागरिकलाई घरमै बस्न आग्रह गरेको छ । नेपालमा पनि लामाे समयदेखि लकडाउन जारी छ । यसबीचमा कामकाजीहरुका लगि घरका बस्न निकै गाह्रो भइरहेको होला । स्वादका पारखीहरुलका लागि घरको खानाले धित नमरेको हुनसक्छ । यसै कुरालाई ध्यानमा राखेर घरमा बस्दाको समय सदुपयोग र मिठो स्वादका लागि आज हामीले फरक रिसिपी बारे चर्चा गरेका छौँ । तपाई पनि आफ्नो घरमा परिवारका सदस्यहीबत च्याउको अचार बनाएर फरक खालको मिठो स्वाद लिन सक्नुहुन्छ ।

हुन त तरकारीमा दम भएन भने अचार खोजिन्छ भनिन्छ तर नेपाली तथा देशी भान्सामा भने अचार अक्सर टुट्दैन । सिजन अनुसार विभिन्न खालका अचार सधैजसो उपलब्ध भएको नै हुन्छ । आमा हजुर आमाले अपनाउँदै आएको रेसिपी छँदै छ । तर यहाँ आज च्याउको अचार बनाउन सिकाइँदै छ । अचार भन्ने बित्तिकै धेरैजसो नेपाली मुख रसाउँछ । परिवारको सानो भान्सा होस् या त सयौं मानिस भेला हुने ठूलो भोज होस् । अचार बिना नेपालीहरुको खाना अधुरो जस्तै हुन्छ । अचार विभिन्न फलफूल तथा तरिकारीको बनाउन सकिन्छ । तरकारीको रुपमा अत्यन्तै मन पराउने च्याउको पनि अचार स्वादिष्ट हुन्छ ।

आवश्यक सामग्री

च्याउ
हरियो खुर्सानी, अदुवा, लसुन, तीलको धुलो
खुर्सानीको धूलो, जिरा धनियाँको धूलो
कागतीको रस, नुन, बेसार, मेथी

विधि

एउटा भाँडोमा तेल तताउने र तेल तातिसकेपछि मेथी फुराउने ।
अब त्यसमा अदुवा, लसुन, हरियो खुर्सानी राखेर एकैछिन फ्राई गर्ने ।
त्यसपछि त्यसमा च्याउ राख्ने र हल्का खैरो नहुन्जेल फ्राई गर्ने ।
अब त्यसमा बेसार, जिरा धनियाँ पाउडर, खुर्सानी र नुन राखेर चलाउने र केही छिन पकाउने ।
त्यसपछि त्यसमा तीलको धूलो र कागतीको रस राखेर राम्रोसंग चलाउने र पकाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *