नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बुधबारबाट दिनभर खाद्यान्न पसल खुल्ने [ गृहमन्त्रालयकाे विज्ञप्तिसहित ]
काठमाडौं । सरकारले बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ । देश लकडाउन घाेषणा गरेसँगै बिहान र बेलुका मात्र पसल खोल्न दिने बताइएकाे थियाे । तर यसरी बिहान बेलुका मात्र पसल खाेल्दा भिड बढेपछि सरकारले दिनभर पसल खोल्न निर्णय गरेकाे हाे ।
गृह मन्त्रालयका सह-सचिव केदारनाथ शर्माले पनि विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत लगायत कारोबार गर्ने पसलहरू बन्द नहुने बताउँदै सदा झैँ निर्वाद सञ्चालक गर्न अनुरोध गर्नुभएकाे छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले गरेको निर्णयमा खाद्यान्नसम्बन्धी सामग्री कुन समयमा बिक्री गर्न पाइने भन्ने विषयमा व्याख्या गरिएको थिएन । जसकारण सर्वसाधारण र पसल सञ्चालकमा अन्यौलता सिर्जना भएको थियो ।