What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

फ्रान्सबाट आएकी एक नेपाली युवतीलाई कोरोना पोजिटिभ
What To Know
- काठमाडौँ । फ्रान्सबाट कतार हुँदै आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस(कोभिड–९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयाे ।.
- उनीसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिनुभयाे। उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिनुभयाे । संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि उहाँले बताउनुभयाे।.
काठमाडौँ । फ्रान्सबाट कतार हुँदै आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस(कोभिड–९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयाे ।
उनीसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिनुभयाे। उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिनुभयाे । संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि उहाँले बताउनुभयाे।
युवतीसँगै विमानमा को-को आएका थिए भन्नेबारे ट्रयाक गरिने पनि मन्त्रीले जानकारी दिनुभयाे ।
मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टाअघि नै विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा नेपालमा दुई जनामा सङ्क्रमण भएको विवरण देखिएको थियो।
केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई सङ्क्रमण भएको पुष्टि भएको अघि। अहिले उनी स्वस्थ भइसकेको बताइएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयाे । पीसीआर विधिबाट गरिएको परीक्षणमा तीमध्ये दुईवटामा कोरोनाभाइरस भएको पुष्टि भएको हो।