What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

भोलिदेखि अनिश्चितकालीन भारतीय नाकाबन्दी
What To Know
- काठमाडौं । भोलि (आइतबार)देखि भारतले अनिश्चितकालीन नाका बन्दी गर्ने भएको छ । विश्वब्यपी महामारीको रुप लिएको कोरोना भाइरसका कारण भारतले स्थलमार्गबाट प्रवेश गर्ने सबै नाकाहरुलाई बन्द गर्ने निर्णय गरेको हो । यसमा नेपालका सबै नाकाहरु परेका छन् । नेपाली र भारतीयहरुको आउजाउका लागि भने चार वटा नाकाहरुको प्रयोग दिइने बताइएको छ ।.
- कोरोना भाइरस (कोभिड(१९) को संक्रमण नियन्त्रणका लागि भन्दै नेपाल, बंगलादेश, भुटान र म्यानमारसँग जोडिएका सबै नाका बन्द गर्ने निर्णय गरेको हो । यो व्यवस्था आइतवारदेखि अर्को सूचना जारी नगर्दासम्म कायम रहने भारतीय गृह मन्त्रालयले जनाएको छ ।.
काठमाडौं । भोलि (आइतबार)देखि भारतले अनिश्चितकालीन नाका बन्दी गर्ने भएको छ । विश्वब्यपी महामारीको रुप लिएको कोरोना भाइरसका कारण भारतले स्थलमार्गबाट प्रवेश गर्ने सबै नाकाहरुलाई बन्द गर्ने निर्णय गरेको हो । यसमा नेपालका सबै नाकाहरु परेका छन् । नेपाली र भारतीयहरुको आउजाउका लागि भने चार वटा नाकाहरुको प्रयोग दिइने बताइएको छ ।
कोरोना भाइरस (कोभिड(१९) को संक्रमण नियन्त्रणका लागि भन्दै नेपाल, बंगलादेश, भुटान र म्यानमारसँग जोडिएका सबै नाका बन्द गर्ने निर्णय गरेको हो । यो व्यवस्था आइतवारदेखि अर्को सूचना जारी नगर्दासम्म कायम रहने भारतीय गृह मन्त्रालयले जनाएको छ ।
यसअघि भारतको स्वास्थ्य मन्त्रालयले एडभाइजरी जारी गर्दै सबै विदेशी नागरिकहरुका लागि पर्यटक भिसा रद्द गर्ने जनाएको थियो । सोही अनुरुप स्थलमार्गबाट भित्रिने विदेशी नागरिकहरुलाई पनि कडाइ गर्न सीमा नाकाहरु बन्द गरेको हो ।
भारतले चार देशका २० वटा सीमा नाकालाई खुला गरे पनि यी नाकाबाट प्रवेशमा भने कडाइ गर्ने भएको छ । भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजन अन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदले जारी गरेको वक्तव्यमा नेपालसहित भुटानका नागरिकलाई भारत प्रवेशमा रोक लगाइने भने छैन। निर्धा्रित नाकाबाट भारत प्रवेश दिइने उल्लेख छ।
खुल्नेछ नेपालतर्फका यी नाका
भारतीय गृहमन्त्रालयले जारी गरेको वक्तव्यमा नेपालसँग सीमा जोडिएको उत्तराखण्ड राज्यको बनबासा–भिमदत्त महेन्द्रनगर, उत्तर प्रदेशसँग सीमा जोडिएको सुनौली–बेलहिया, विहार राज्यको रक्सौल–वीरगंज र पश्चिम बंगालको रानिगंज–काकरभिट्टा नाकाबाट मात्र नेपालीहरु भारत प्रवेश गर्न पाउने छन् । यी नाकाबाट पनि तेस्रो मुलुकका नागरिकहरु भारत प्रवेश गर्न पाउने छैनन् ।