हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
बिना कारण गाउँपालिकाले पठाएको पैसा पत्रकार कार्कीले गरे हुलाकमार्फत फिर्ता
पाल्पा । पाल्पाका क्रियाशील पत्रकार सुनिल कार्कीले एक गाउँपालिकाले पठाएको रकम कारण नखुलेको भन्दै फिर्ता पठाएका छन् । रिब्दीकोट गाउँपालिकाले पठाएको एक हजार रुपैँया कार्कीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषि अर्जेलको नाममा हुलाक मार्फत रजिष्ट्रि गरेर फिर्ता पठाएका हुन् ।
पत्रकार कार्कीले आफूलाई पठाएको रकम पठाउनुको कारण र स्रोत नखुलेकोले लिन नसकेको ब्यहोराको पत्रसहित उक्त रकम फिर्ता गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पैसा फिर्ता गरेको बारे जानकारी दिँदै लेखेका छन्,
पाल्पाको एक स्थानीय तह रिब्दीकोट गाउँपालिकाले मिति २०७६÷११÷२९ गते मेरा एक पत्रकार मित्रसँग रु १००० (अक्षरुपी एक हजार) पठाउनु भएको रहेछ । उक्त रकम मलाई के कति कारणले पठाउनु भएको हो भन्ने स्रोत नखुलेको कारण उक्त रकम ग्रहण गर्न असमर्थ रहे । फलस्वरुप उक्त रकम जिल्ला हुलाक कार्यालय मार्फत रिब्दीकोट गाउँपालिकालाई नै फिर्ता पठाएको छु । आर्थिक सुशासन र पारदर्शीतालाई आत्मसाथ गर्ने नारा बोकेको गाउँपालिकाले हचुवाको भरमा यसरी आर्थिक दुरुपयोग गर्न ठिक भएन कि ?
जनता टेलिभिजनका जिल्ला संवादाता समेत रहेका कार्की जिल्लाको श्रीनगर एफमा समेत कार्यरत छन् । गाउँपालिकाले रिपोर्टिङ्ग गर्न गएका अर्का पत्रकार नारायण न्यौपाने मार्फत कार्कीलाई रकम पठाएको थियो ।
गाउँपालिका के भन्छ ?
यता गाउँपालिकाले भने पत्रकारलाई कार्यक्रममा बोलाएपछि आउने जाने बाटो खर्च र खाजा खर्च दिने चलन अनुसार नै दिएको बताएको छ । पत्रकारलाई कार्यक्रममा बोलाएपछि आउने जाने बाटो खर्च र खाजा खर्च दिने चलन अनुसार नै दिएका हौँ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले भने, उहाँले किन फिर्ता गर्नुभएछ, सायद अरु कुनै अरु कारणले होला कि ?
सञ्चार माध्याममा गरेको खर्च अपादर्शी
गाउँपालिकाले गत आर्थिक वर्षमा सञ्चारगृहका लागि मोटो रकम भुक्तानी गरेको पाइएको छ । यसरी स्थानीय तथा क्षेत्रीय र राजधानीबाट सञ्चालित केही सञ्चार माध्यमहरुलाई भुक्तानी गर्दा पनि कुनै मापदण्ड नअपनाइएको खुलेको छ । यसबारेमा भने प्रमुख प्रशासकीय अधिकृत अर्जेलले बोल्न चाहेनन् । गाउँपालिकाले गरेको निर्णय अनुसार नै गरेको उनले बताए ।
अन्यपत्रकार माैन, महासंघ समेत बाेलेन
पत्रकार कार्कीले रकम फिर्ता गरेको विषयलाई लिएर चौतर्फी प्रशंसा भए पनि जिल्लाका अन्य पत्रकारहरुले भने यसबारेमा खासै प्रतिक्रिया जनाएका छैनन् । पत्रकार महासंघकै एक पदाधिकारीले त कार्कीलाई फोन गरेर स्टाटस बारे पुनर्विचार गर्न भनेको कार्कीले फेयर नेपाललाई बताए । केही सहकर्मी पत्रकारहरुले स्टाटस डिलिट गर्न भनेको समेत उनले बताए ।