फाकफोकथुममा दम्पतीको ‘रहस्यमय’ मृत्यु

इलाम। फाकफोकथुम गाउँपालिकाको एक दम्पती मृत फेला परेका छन् । फाकफोकथुम–५, लुम्देका अन्दाजी ३५ वर्षीय धनबहादुर खपाङ्गी र सोही उमेरका उनकै पत्नी रिता खपाङ्गीको शव आज घरको बलेंसीमा ‘रहस्यमय’ अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घोप्टे परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका छन् भने रगत लतपतिएको नाङ्गो खुकुरी भूइँमा छ । पत्नी रिता धनबहादुरको नजिकै लडिरहेको भेटिएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्री नेतृत्वको टोली घटना अनुसन्धानका लागि पुगेको छ । “घटना कसरी भयो भन्ने अहिल्यै केही भन्न सकिने अवस्था छैन”, निरीक्षक ढुङ्गानाले भन्नुभयो, “अनुसन्धान भइरहेको छ ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *