यूएईमा २ नेपालीमा कोरोनाभाइरसको संक्रमण

काठमाडौं । यूएईमा २ नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको जनाएको छ । दुई नेपालीमा कोरोना संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाए पनि उनीहरूको पहिचानबारे भने केही बताइएको छ ।

विदेशमा रहेका नेपाली कोरोनाबाट संक्रमित भएको यो दोस्रो घटना हो । यसअघि नेपालबाट अस्ट्रेलिया पुगेका एक नेपालीमा कोरोनाको संक्रमण भेटिएको थियो । २ नेपालीलाई कारोनाको आशंकामा त्यहाँको क्वारेन्टाइनमा राखिएको छ ।

यूएईको स्वास्थ्य मन्त्रालयकाअनुसार,सोमबार त्यहाँ नयाँ संक्रमित भेटिएका छन् । यीमध्ये चार जना यूएईका हुन् । त्यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक पनि संक्रमण भेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *