नेपालमा नम्बरी सुनको मूल्य अहिलेसम्मकै मंहगो, तोलाको कति छ ?

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । बुधबारका लागि तोकिएको मूल्य नेपालमा अहिलेसम्मकै उच्च दरभाउ हो । मंगलबार ७६ हजारमा कारोबार भएको नम्बरी सुन (छापावाला)को मूल्य बुधबार प्रतितोला ४ सय रुपैयाँले बढेर ७७ हजार एक सय पुगेको छ ।

तेजाबी सुन ७६ हजार ८ रुपैयाँमा कारोबार भइरहेको छ । चाहिँको मूल्य प्रतितोला ९ सय ५ रुपैयाँ तोकिएको छ । सुनको मूल्य एक्कासी आकाशिएपछि सुनको कारोबार स्वाट्टै घटेको छ ।

नेपाल सुनचाँची व्यवसायी महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ । चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा पनि परेको छ । यसअघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

सुन व्यवसायीले फागुन महिनालाई सुन चाँदीको सबैभन्दा धेरै कारोबार हुने महिनाको रुपमा लिने गरेका छन् । तर यसपालि भने फागुन महिनामा पनि कारोबार नभएको भन्दै उनीहरुले गुनासो गरेका छन् । यसअघिका वर्षहरुमा फागुन महिनामा दिनहुँ सुनको माग ५० किलो भन्दा धेरै हुने गरेकोमा अहिले १० देखि १५ किलो पनि नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *