परराष्ट्रमन्त्रीको युरोप भ्रमणबारे सदनलाई जानकारी

What To Know

  • काठमाडौँ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपसँगको सम्बन्धले नेपालको विकास र समृद्धिका लागि ठूलो महत्व राख्ने बताउनुभएको छ । पोर्चुगल, बेल्जियम र लक्जेम्बर्गको आफ्नो पछिल्लो भ्रमणबारे आज प्रतिनिधिसभालाई जानकारी गराउँदै उहाँले युरोपबाट नेपालमा व्यापार, लगानी विस्तार र पर्यटन प्रवद्र्धनका विभिन्न सम्भावनाको खोजीका बारेमा गहन छलफल भएको बताउनुभयो ।.
  • गैरआवासीय नेपाली संघको भेलामा युरोपमा कमाएको साधन, स्रोत र प्रविधिलाई नेपालको विकास र समृद्धिमा लगाउन आग्रह गरेको बताउँदै उहाँले आफ्नो भ्रमणबाट नेपाल र युरोप बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।.

काठमाडौँ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपसँगको सम्बन्धले नेपालको विकास र समृद्धिका लागि ठूलो महत्व राख्ने बताउनुभएको छ । पोर्चुगल, बेल्जियम र लक्जेम्बर्गको आफ्नो पछिल्लो भ्रमणबारे आज प्रतिनिधिसभालाई जानकारी गराउँदै उहाँले युरोपबाट नेपालमा व्यापार, लगानी विस्तार र पर्यटन प्रवद्र्धनका विभिन्न सम्भावनाको खोजीका बारेमा गहन छलफल भएको बताउनुभयो ।

नेपाललाई सन् २०२२ सम्ममा अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील मुलुकको कोटीमा उकास्न वैदेशिक लगानीको आवश्यकताबारे समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्तामा कुरा राखेको बताउँदै मन्त्री ज्ञावलीले युरोपमा रहेका नेपाली राजदूतलाई पनि आर्थिक कूटनीतिक प्रभावकारी भूमिका खेल्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघको भेलामा युरोपमा कमाएको साधन, स्रोत र प्रविधिलाई नेपालको विकास र समृद्धिमा लगाउन आग्रह गरेको बताउँदै उहाँले आफ्नो भ्रमणबाट नेपाल र युरोप बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *