हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
माघे सकरातिमा सार्वजनिक बिदा दिन माग
काठमाडाैँ । नेपाल मगर सङ्घले माघे सकरातिमा सार्वजनिक बिदा दिन माग गरेको छ । साेमबार काठमाडाैँमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नवीन रोका मगरले माघे सकराति मगर समुदायलगायत समस्त नेपालीको चाड भएकाले सार्वजनिक बिदा दिन माग गर्नुभयो ।
माघे सकरातिकाे अवसरमा चारवटा प्रदेशका सरकारले सार्वजनिक बिदा दिएका छन् । माघे सकरातिको अवसरमा दिंइदै आएको सार्वजनिक बिदा कटौती गरेर सरकारले जनजातिमाथि अन्याय गरेको उहाँको भनाइ थियो ।
यसैबीच मगर सङ्घले माघे सकरातिको अवसरमा आगामी माघ १ र २ गते काठमाडौँको टुँडीखेलमा ‘माघे सकराति राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ आयोजना गरेको छ । महोसत्वको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने बताइएको छ ।
महोत्सवमा मगरको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक वेशभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुष बाण हान्नेलगायत कार्यक्रम गरिने सङ्घले जनाएको छ ।