हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
नेकपा र राजपाबीच दुई बुँदे सहमति, राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आगामि माघमा प्रदेश नम्बर २ मा हुने राष्ट्रियसभा निर्वाचनमा चुनाबी तालमेल गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट गर्ने सहमती भएकाे हाे । चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको जनाइएको छ । सहमति अनुसार महिला र दलित कोटामा रहेको दुई सिटमा नेकपाले र अन्य पुरुष, अपाङ्गता वा अल्पसंख्यक कोटामा रहेको दुई सिटमा राजपाले पाउने छ ।
त्यसैगरी, दुई पार्टीबीच आगामी दिनमा पनि राष्ट्रिय राजनीतिका समसामयिक नियमित रुपमा छलफल र सहकार्यको प्रक्रियालाई अगाडि बढाउने सहमति भएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजपाका संयोजक राजेन्द्र महतोले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सहमतिको लागि बसेको बैठकमा नेकपा सचिवालय सदस्य इश्वर पोखरेल, पार्टी महासचिव विष्णुप्रसाद पौडेल र स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङको उपस्थिति रहेको थियो । त्यसैगरी, राजपाको तर्फबाट राजपा अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, महेन्द्र यादव, शरदसिंह भण्डारी र राजकिशोर यादव उपस्थिति हुनुभएको थियो ।