हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
बढ्यो स्थानीय जनप्रतिनिधिको पारिश्रमिक तथा सेवा सुविधा
पोखरा । गण्डकी प्रदेशका स्थानीय जनप्रतिनिधिको पारिश्रमिक तथा सुविधा थप हुने भएको छ । चौतर्फी आलोचनाका बीच गण्डकी प्रदेशसभाले जनप्रतिनिधिको पारिश्रमिक तथा सुविधा थप गर्ने सम्बन्धी विधेयक पारित गरेपछि स्थानीय तहका उपप्रमुखहरुले गाडी सुविधा पाउने भएका छन् ।
मुख्यमन्त्रीले पृथ्वीसुब्बा गुरुङले महंगो गाडी चढेको भनेर चर्को आलोचना भइरहेका बेला प्रदेश सभाले ऐन नै संशोधन गरेर जनप्रतिनिधिको पारिश्रमिक तथा सुविधा थप गर्ने सम्बन्धी विधेयक पारित गरेको हो ।
स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई गाडी, इन्धन वा यातायात खर्च उपलब्ध गराउने ऐनको व्यवस्था संशोधन गरेर प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष भन्ने राखिएको छ ।
के के पाउँछन् सुविधा
नयाँ ब्यवस्था अनुसार अब महानगरका मेयर र उप मेयरले सरकारी सुविधाबाटै स्वकीय सचिब राख्न पाउने भएकाछन् । यसअघि उनीहरुले निजी स्रोतबाट नै स्वकीय सचिबको ब्यवस्था गरेका थिए । अब मेयरले नायब सुब्बा सरह र उपमेयरले खरिदारसरहका स्वकीय सचिव राख्न पाउने छन् ।
जनप्रतिनिधिले दोहोरो सुविधा पनि लिन पाउने ब्यवस्था पनि यो विधेयकले गरेको छ । नयाँ ब्यवस्था अनुसार यदि कुनै जनप्रतिनिधि सरकारका अवकासप्राप्त कर्मचारी रहेछन् भने उनीहरुले दोहोरो सुविधा (निवृत्तिभरण र जनप्रतिनिधिको सेवा सुविधा) लिन सक्नेछन् ।
यस्तै स्थानीय तह कार्यपालिका सदस्यले वडाध्यक्ष सहर सुविधा पाउने भएका छन् भने गाउँ तथा नगरसभा सदस्यले उनीहरुको आधा पारिश्रमिक बुझ्ने छन् । गाउँ कार्यपालिका सदस्यहरुले पनि वडाध्यक्षकै बराबर मासिक १८ हजार रुपैयाँ पाउने ब्यवस्था गरिएको छ । यसअघि ६ हजार तलब खाइरहेका वडा सदस्यले ९ हजार रुपैयाँ पाउनेछन् ।
नगरपालिकाको कार्यपालिका सदस्यले २० हजार रुपैयाँ पाउने भने वडा सदस्यले अब १० हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी महानगरको कार्यपालिका सदस्यको सुविधा बढेर वडाध्यक्षकै बराबर २५ हजार रुपैयाँ पुगेको छ । कार्यपालिका सदस्य नरहेका नगरसभा सदस्यले अब १२ हजार ५ सय पाउने छन् ।