What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

वार्षिक परीक्षामा संलग्न व्यक्तिको पारिश्रमिकमा वृद्धि
What To Know
- अब स्नातक तथा प्रवीणता प्रमाणपत्र तहको परीक्षामा केन्द्राध्यक्षको पारिश्रमिक रु ८०० पु¥याइएको छ । यसअधि रु ४५० रहेको थियो । सहायक केन्द्राध्यक्ष, निरीक्षकको दोब्बर अर्थात् क्रमशः रु ३०० बाट रु ६०० तथा २५० बाट ५०० पु¥याइएको छ । कम्तीमा २१ जना विद्यार्थी बराबर एकजना निरीक्षकको व्यवस्था हुने संशोधन गरिएको छ ।.
- यसैगरी, स्नातकोत्तर तहको परीक्षा केन्द्र सञ्चालनका केन्द्राध्यक्षको रु ६०० बाट रु एक हजार, सहायक केन्द्राध्यक्ष र पर्यवेक्षकको रु ४०० बाट रु ८००, निरीक्षकको रु ३०० बाट ६०० कायम गरिएको छ । यसमा पनि २१ जना विद्यार्थी बराबर एक जना निरीक्षण रहने व्यवस्था छ ।.
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफू मातहतमा सञ्चालित वार्षिक परीक्षामा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीको पारिश्रमिकमा संशोधन गरेकोे छ ।
केन्द्रीय परीक्षा सञ्चालक समितिको सिफारिसअनुसार यही साउन २ गते सम्पन्न कार्यकारी परिषद्को बैठकले पारिश्रमिकमा नौ वर्षपछि संशोधन गरेको हो । संशोधित पारिश्रमिक साउन ६ गतेदेखि सञ्चालन भएको चारवर्षे स्नातक तह दोस्रो वर्षको परीक्षादेखि लागू भइसकेको त्रिविवि सूचना तथा जनसम्पर्क महाशाखाले आज विज्ञप्तिमार्फत् जनाएको छ ।
अब स्नातक तथा प्रवीणता प्रमाणपत्र तहको परीक्षामा केन्द्राध्यक्षको पारिश्रमिक रु ८०० पु¥याइएको छ । यसअधि रु ४५० रहेको थियो । सहायक केन्द्राध्यक्ष, निरीक्षकको दोब्बर अर्थात् क्रमशः रु ३०० बाट रु ६०० तथा २५० बाट ५०० पु¥याइएको छ । कम्तीमा २१ जना विद्यार्थी बराबर एकजना निरीक्षकको व्यवस्था हुने संशोधन गरिएको छ ।
त्यस्तै परीक्षा शाखामा कार्यरत कर्मचारीको पारिश्रमिक रु एक सयबाट वृृद्धि गरी दुई सय, सुरक्षाकर्मीको लागि रु ६० बाट रु १००, कार्यालय सहयोगीको रु ७५ बाट वृद्धि गरी रु १५० कायम भएको महाशाखाले जनाएको छ ।
यसैगरी, स्नातकोत्तर तहको परीक्षा केन्द्र सञ्चालनका केन्द्राध्यक्षको रु ६०० बाट रु एक हजार, सहायक केन्द्राध्यक्ष र पर्यवेक्षकको रु ४०० बाट रु ८००, निरीक्षकको रु ३०० बाट ६०० कायम गरिएको छ । यसमा पनि २१ जना विद्यार्थी बराबर एक जना निरीक्षण रहने व्यवस्था छ ।
परीक्षा सञ्चालनमा संलग्न कर्मचारीको रु १२५ बाट रु २५० सुरक्षाकर्मीको रु ६० बाट १००, कार्यालय सहयोगीको रु ८० बाट १६० पारिश्रमिक कायम गरिएको महाशाखाले जनाएको छ । पारिश्रमिक वार्षिक प्रणालीअनुसारको परीक्षामा मात्र लागू हुनेछ ।
–––