मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भयो : अर्थमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भईरहेको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराउनु भएको छ । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको उल्लेख गर्दै त्यसले कसैलाई पनि फाईदा नपु¥याउने पनि स्पष्ट पार्नु भयो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सवलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कसैले पनि गर्न नहुने पनि बताउनु भयो । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै परिसूचक सकारात्मक ढंगले अघि बढेको सरकारको तथ्यांक सही भएको तर त्यसलाई असत्य भनेर अन्तराष्ट्रिय दाताहरुलाई भ्रम छर्ने काम भईरहेकोमा आपत्ति पनि जनाउनु भयो ।

अर्थमन्त्री खतिवडाले पूँजी बजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतका निकायलाई पनि निर्देशन दिनु भयो । उहाँले सरकारले उत्पादनमा जोड दिएर पूँजी बजारको विकासलाई उच्च प्राथमिकता दिएको दावी पनि गर्नु भयो ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा बढावा दिन सरकारले लगानीको क्षेत्रको पहिचान गरिरहेको पनि बताउनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *