What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

भिडियो कन्फ्रेन्स गरेर सरकारले गोपनियता भंग गर्न खोज्यो : कांग्रेस
What To Know
- नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रविधि प्रयोग गरेर गरिएका कतिपय अभ्यासहरुको गोपनियता भंग हुने गरेको भन्दै मन्त्रीपरिषद् बैठक जस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनुलाई स्वीकार गर्न नसकिने बताउनुभएको हो । कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकेर पनि सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली आफै बैठकमा सहभागी हुनु संबैधानिक र कानूनी प्रक्रियागत रुपमा नै त्रुटी पुर्ण भएको ठहर कांग्रेसले गरेको छ । प्रवक्ता शर्माले गोपनियता भंग हुन सक्ने र न्यायपालिका र व्यवस्थापिकामा पनि यस्तै नजिर बस्न सक्ने भन्दै आपत्ती जनाउनुभयो । उहाँले मन्त्रीपरिषद् बैठक संञ्जालन कार्यविधि हलुका ढंगले संसोधन गर्ने परिपार्टीले भविष्यमा वेथिति ल्याउने दाबी गर्नुभयो ।.
- वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबारका लागि बोलाईएको कांग्रेस केन्द्रीय समिति बैठक विहिबार अपरान्ह सम्मकालागि स्थगित भएको छ । बैठकमा समयावधि सकिएका भात्तृसंस्थाहरु र जनसम्पर्क समिति लगायत बारे छलफल हुने कार्यसूची थियो । ०००.
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्स मार्फत मैन्त्री परिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति गम्भीर विमति जनाएको छ ।
नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रविधि प्रयोग गरेर गरिएका कतिपय अभ्यासहरुको गोपनियता भंग हुने गरेको भन्दै मन्त्रीपरिषद् बैठक जस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनुलाई स्वीकार गर्न नसकिने बताउनुभएको हो । कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकेर पनि सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली आफै बैठकमा सहभागी हुनु संबैधानिक र कानूनी प्रक्रियागत रुपमा नै त्रुटी पुर्ण भएको ठहर कांग्रेसले गरेको छ । प्रवक्ता शर्माले गोपनियता भंग हुन सक्ने र न्यायपालिका र व्यवस्थापिकामा पनि यस्तै नजिर बस्न सक्ने भन्दै आपत्ती जनाउनुभयो । उहाँले मन्त्रीपरिषद् बैठक संञ्जालन कार्यविधि हलुका ढंगले संसोधन गर्ने परिपार्टीले भविष्यमा वेथिति ल्याउने दाबी गर्नुभयो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबारका लागि बोलाईएको कांग्रेस केन्द्रीय समिति बैठक विहिबार अपरान्ह सम्मकालागि स्थगित भएको छ । बैठकमा समयावधि सकिएका भात्तृसंस्थाहरु र जनसम्पर्क समिति लगायत बारे छलफल हुने कार्यसूची थियो । ०००