नेकपाकाे विभाग र ७ प्रदेश कमिटको नेतृत्व चयन, कसले कुन जिम्मेवारी पाए (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले ३३ विभाग तथा सात वटा प्रदेश कमिटीका इन्चार्ज तथा सह इन्चार्जहरूका टुङ्गो लगाएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवटारमा सम्पन्न बैठकले सो टुङ्गो लगाएको हो ।
बैठकले विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपाललाई तोकेको छ भने उपप्रमुखमा राम कार्की अर्थात सुरेन्द्र कार्की लाई तोकेको छ ।

त्यस्तै नीति अध्ययन प्रतिष्ठानको प्रमुखको जिम्मेवारी झलनाथ खनाललाई दिने निर्णय गरेको छ भने संगठन विभाग प्रमुखमा बामदेव गौतम रहनु भएको छ । साथै इस्कुल विभाग प्रमुखमा इश्वर पोखरेल र प्रचार विभाग प्रमुखमा नरायणकाजी श्रेष्ठ रहनुभएको छ ।

अर्थ विभाग प्रमुखमा सुरेन्द्र पाण्डे तथा उप प्रमुखमा डोरमणि उपाध्याय रहनु भएको प्रवक्ता नारायण काजी श्रेष्ठले बैठक पछि पत्रकारहरूलाई जानकारी गराउनुभयो । त्यस्तै जनवर्गीय संगठन प्रमुख अयोग प्रमुख प्रवास आदिका नेतृत्वका बारेमा अर्को बैठकमा टुङ्गो लगाइने उहाँले बताउनुभयो । सचिवालयको अर्को बैठक शनिवार ४.०० बजे बस्ने बताइएकाे छ ।

कुन नेतालाई कुन विभाग

१. विदेश

प्रमुख-माधवकुमार नेपाल
उपप्रमुख- राम कार्की

२. स्कुल

प्रमुख- ईश्वर पोखरेल
उपप्रमुख- देवेन्द्र पौडेल

३.संगठन

प्रमुख-वामदेव गौतम
उपप्रमुख- जनार्दन शर्मा

४. नीति तथा अध्ययन

प्रमुख- झलनाथ खनाल
उपप्रमुख- रामचन्द्र झा

५. प्रचार

प्रमुख-नारायणकाजी श्रेष्ठ
उपप्रमुख- सूर्य थापा

६. अर्थ तथा योजना

प्रमुख- सुरेन्द्र पाण्डे
उपप्रमुख- डोरप्रसाद उपाध्याय

७.उद्योग तथा वाणिज्य

प्रमुख- राधा ज्ञवाली
उपप्रमुख- वामदेव क्षेत्री

८. उपभोक्ता हित तथा आपुर्ति

प्रमुख-मातृका यादव
उपप्रमुख- बलराम बाँस्कोटा

९. कृषि तथा भूमिसुधार

प्रमुख- चक्रपाणि खनाल,
उपप्रमुख- हरि पराजुली

१०. कोष तथा आर्थिक व्यवस्थापन

प्रमुख- हरिबोल गजुरेल
उपप्रमुख- कृष्ण गोपाल श्रेष्ठ

११. खानेपानी तथा सरसफाइ

प्रमुख- बिना मगर
उपप्रमुख- ममता गिरी

१२. जलस्रोत, सिंचाइ तथा उर्जा

प्रमुख- बर्षमान पुन
उपप्रमुख- पर्शुराम मेघी गुरूङ

१३. निर्वाचन विभाग

प्रमुख- प्रदीप ज्ञवाली
उपप्रमुख- खिमलाल देवकोटा

१४. न्याय कानुन तथा मानवअधिकार

प्रमुख- रघुजी पन्त
उपप्रमुख- मुक्तिनारायण प्रधान

१५. पर्यटन प्रर्वद्धन तथा नागरिक उड्ययन

प्रमुख- योगेश भट्टराई
उपप्रमुख- पासाङ शेर्पा

१६. प्रादेशिक मामला

प्रमुख- घनश्याम भुषाल
उपप्रमुख- परशु तामाङ

१७. पुस्तकालय

प्रमुख- नारायणप्रसाद शर्मा
उपप्रमुख- ज्ञानबहादुर भुजेल

१८. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था

प्रमुख- रघुवीर महासेठ
उपप्रमुख- हरि अधिकारी

१९. युवा तथा खेलकुद

प्रमुख- टोपबहादुर रायमाझी,
उपप्रमुख- ठाकुर गैरे

२०. राजकीय मामिला तथा सुशासन

प्रमुख- रामबहादुर थापा बादल
उपप्रमुख- गुरु बराल

२१. शिक्षा तथा मानव स्रोत विकास

प्रमुख- गिरिराजमणि पोखरेल
उपप्रमुख- विजय पौडेल

२२. वन तथा वातावरण

प्रमुख- शक्ति बस्नेत
उपप्रमुख- चुडामणि जंगली

२३. श्रम तथा रोजगार

प्रमुख-गोकर्ण बिष्ट
उपप्रमुख- रामेश्वर राय यादव

२४.संघीय संसद

प्रमुख- सुवास नेम्वाङ
उपप्रमुख- देवप्रसाद गुरूङ

२५. समाज कल्याण

प्रमुख- केशवलाल श्रेष्ठ
उपप्रमुख- गोपाल ठाकुर

२६. सहकारी तथा गरिबी निवारण

प्रमुख- विष्णु रिमाल
उपप्रमुख- धर्मदत्त देवकोटा

२७. सहरी विकास

प्रमुख- लेखराज भट्ट
उपप्रमुख- जगन्नाथ खतिवडा

२८. सामान्य प्रशासन

प्रमुख- लालबाबु पण्डित
उपप्रमुख- रेखा शर्मा

२९. साहित्य कला तथा संस्कृति

प्रमुख- मणि थापा
उपप्रमुख- बिष्णु रिजाल

३०.स्थानीय तह

प्रमुख- युवराज ज्ञवाली
उपप्रमुख- उर्मिला अर्याल

३१. स्वास्थ्य तथा जनसंख्या

प्रमुख- राजेन्द्र पाण्डे
उपप्रमुख- अन्जना बिसंखे

३२. कृषि तथा भूमि सुधार

प्रमुख- चक्रपाणि खनाल
उपप्रमुख- हरि पराजुली

३३. कोष तथा आर्थिक

प्रमुख- हरिबोल गजुरेल
उपप्रमुख- कृष्णगोपाल श्रेष्ठ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *