नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

गर्मीका कारण जापानमा २३ को मृत्यु, १३ हजार बिरामी
टोकियो। जापानमा गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ । जापानकाेअग्नि तथा प्रकोप व्यवस्थापन निकायले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भिड लागेका थिए ।
मृत्यु भएको र बिरामी भएको यो विवरण गत अगस्ट ५ देखि एक हप्तासम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन् ।
अस्पताल गएका मध्ये ४०० जनालाई भर्ना नै गर्नु परेको उनीहरुको भनाइ छ । प्रभावित भएका मध्ये सबैभन्दा धेरै टोकियोका रहेका छन् ।
अधिकारीहरुका अनुसार टोकियोका मात्रै १४ सय ६५ जना अस्पताल गएका थिए भने सैतामाका ९७७ जना बिरामी भएका थिए । अस्पतालमा उपचार गराउन आएका यस्ता बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी बिरामी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पताल प्रशासनले जनाएको छ ।
जापानको मौसम विज्ञान विभागले अहिले जापानमा यो वर्षकै सबैभन्दा धेरै गर्मी भएको बुधबार जानकारी दिएको छ । उनीहरुका अनुसार सबैभन्दा धेरै गर्मी भएको ठाउँमा यस वर्षको सबैभन्दा धेरै तापक्रम ४०.३ सेल्सीयस पुगेको छ ।