What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सौन्दर्यशास्त्र पूर्विय वाङमयको मौलिक पहिचान
What To Know
- पूर्वीय सौन्दर्यशास्त्रको गहन अध्ययन र चिन्तन हुन नसकेकाले पाश्चात्य जगत्का सिद्धान्तहरू हामीमाथि हाबी भएको कार्यपत्रमा उल्लेख गरिएको छ । साहित्यमा बढी मात्रामा प्रयोग हुने सौन्दर्य शब्दको प्रयोग सांकेतिकरुपमा भरतमुनि ले गरेको र त्यसपछि अन्य विद्वानहरूले निष्कर्ष उनले प्रस्तुत गरेका छन् ।.
दाङ । साहित्यमा प्रयुक्त सौन्दर्यशास्त्र हाम्रो मौलिक पहिचान भएको एक कार्यक्रमका बत्ताहरुले बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत जनता विद्यापीठको साहित्य विभागले आयोजना गरेको विभागीय कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सह प्राध्यापक डा. गणेश पाण्डेले आफ्नो कार्यपत्रमा उक्त कुरा जनाएका हुन् ।
साहित्य र कलामा प्रयुक्त सौन्दर्यशास्त्रको प्रयोग पूर्वीय सभ्यताबाट विकास भएको र यो भारतीय र पाश्चात्य विद्वानहरूले भनेजस्तो सौन्दर्यशास्त्रको प्रयोग पाश्चात्य जगतबाट नभई पूर्वीय जगत् बाटै भएको निष्कर्षमा प्रस्तुत गरेका छन् ।
पूर्वीय सौन्दर्यशास्त्रको गहन अध्ययन र चिन्तन हुन नसकेकाले पाश्चात्य जगत्का सिद्धान्तहरू हामीमाथि हाबी भएको कार्यपत्रमा उल्लेख गरिएको छ । साहित्यमा बढी मात्रामा प्रयोग हुने सौन्दर्य शब्दको प्रयोग सांकेतिकरुपमा भरतमुनि ले गरेको र त्यसपछि अन्य विद्वानहरूले निष्कर्ष उनले प्रस्तुत गरेका छन् ।
उनले विभिन्न विद्वानहरूको सन्दर्भ साभार गरी सौन्दर्यशास्त्रको प्राचीन अस्तित्व पहिल्याउने काम उनले गरेका छन् ।
विशिष्ट अतिथिका रूपमा आमन्त्रित प्रा. गजाधर पौडेलले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै पश्चिमाहरूको बढ्दो अतिक्रमणलाई रोक्न पनि हामीले हाम्रा पूर्वीय ज्ञान राशिको अध्ययन गरी त्यसको सार बाहिर ल्याउनु पर्ने धारणा प्रस्तुत गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि सह प्रा. माधव अधिकारीले विद्यापीठले प्राज्ञिक अध्ययन तथा अनुसन्धानको क्षेत्रमा विशिष्ट योगदान गरेको उल्लेख गरे । उक्त कार्यक्रममा ६० जना भन्दा बढी विद्वानहरूको उपस्थिति रहेको थियो ।






