नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

माइतिघरमा शंकास्पद वस्तु फेला
काठमाडौं । प्रहरीले माइतिघरस्थित सेन्ट जेभियर्स कलेज नजिकै बुधबार विहान शंकास्पद वस्तु फेला परेको जनाएको छ ।
सकेट बम जस्तो देखिने उक्त शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निक्रिय बनाएको प्रहरी प्रभाव सिंहदरबारका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले बताउनुभयो ।
उहाँले सो शंकास्पद बस्तु निश्क्रिय गर्ने क्रममा ठूलो आवज आएको भए पनि उक्त वस्तु बम नै थियो वा अन्य केही थियो भन्ने कुरा विधिविज्ञान प्रयोगशालाबाट जाँच भए पछि मात्र थाहा हुने बताउनुभयो ।
निश्क्रिय बनाउने क्रममा ठूलो आवज आएकै आधारमा बम नै थियो भन्न नसकिने उहाँले बताउनुभयो ।