काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
सरकार शक्तिहरुका सामु घुँडा टेकेर लम्पसार पर्यो
काठमाडौँ । आयातित तरकारी तथा फलफूलको बिषादी परीक्षण गर्ने निर्णयबाट सरकारपछि हटेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा आपत्ति जनाएको छ ।
आइतबार संसद बैठक सुरु हुनासाथ प्रतिपक्षका सांसदहरुले उठेर बिरोध जनाएपछि सभामुख कृष्ण बहादुर महराले कांग्रेस सांसद खाँडलाई बोल्न दिनु भएको थियो । संसद बैठकमा खाँडले सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै गम्भीर आपत्ती जनाउनु भएकाे थियाे ।
उहाँले भन्नुभयो, ‘जनताको जीवन रक्षा गर्नुपर्ने सरकारले जनताको जीवनमाथि खेलवाड गरेर त्यही अखाद्य तरकारी र फलफूलहरु जस्ताको तस्तै ल्याउन दिने अख्तियार गरेकोछ । सरकारले घुँडा टेकेको छ । सरकारले लम्पसारबादी नीति अगाडी बढाएको छ । सरकार शक्तिहरुका सामू निरीह र लम्पसार भएको छ ।’
उहाँले जनताको जीवनरक्षाको अधिकार संवैधानिक हकको अधिकार खाद्य सुरक्षासम्बन्धी हकको अधिकार र जनताले सुरक्षापूर्वक जीवनयापन गर्न पाउने अधिकार रक्षागर्न पनि आग्रह गर्नुभयो । बजारमा अखाद्य पदार्थ ल्याउन दिनुको कारण बारे सरकारले जवाफ दिनुपर्ने संसदलाई आश्वस्त पार्नेपर्ने माग गर्नुभयो ।
उहाँले संविधानको प्रतिकुल हुने गरी अगाडि बढाइएको विद्येयकहरु परिमार्जन गरेर मात्र अगाडी बढाउन समेत आग्रह गर्नु भयो । संसद बैठक अहिले चलिरहेको छ ।